कोशी, बागमती र गण्डकीमा वर्षा सम्भावना

हिमाल प्रेस ३१ जेठ २०८१ ६:३४
10
SHARES
कोशी, बागमती र गण्डकीमा वर्षा सम्भावना

काठमाडौँ- देशको पूर्वी भूभागको मनसुनी प्रणालीको प्रभावले कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली देखि मौसम सफा छ। कोशी प्रदेशको थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशका लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागको एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहनेछ।

कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश र मधेश प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

प्रकाशित: ३१ जेठ २०८१ ६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =