बिमा सूचना केन्द्र स्थापना हुने

हिमाल प्रेस ३० जेठ २०८१ १०:५२
2
SHARE
बिमा सूचना केन्द्र स्थापना हुने

काठमाडौँ- सरकारले बिमा सूचना केन्द्र (आईआईसी) स्थापना गर्ने भएको छ।

बिमा ऐन, २०७९ मा व्यवस्था भए बमोजिम बिमा सूचना केन्द्र स्थापनाका लागि बिमा प्राधिकरणले छलफल सुरु गरेको छ।

बिमा सूचना केन्द्र स्थापना गर्नका लागि बिमा कम्पनी, सरोकारवाला मन्त्रालय र बिमा विज्ञसँग छलफल सुरु गरेको प्राधिकरणले जनाएको छ।

महालेखा परीक्षक कार्यालयले ६१औं प्रतिवेदनमा सरकारले बिमा सूचना केन्द्र स्थापनाका लागि योजना बनाएपनि सन्चालन नल्याएको औंल्याएको थियो।

कार्यालयले ताकेतापछि प्राधिकरण बिमा केन्द्र स्थापनाको तयारीमा जुटेको हो।

सम्पत्ति, बिमाका सूचना, नागरिकको जीवन र राष्ट्रिय सम्पत्तिको सुरक्षण गर्न आवश्यक सूचना प्राप्त गर्ने किसिमले बिमा सूचना केन्द्र स्थापना गर्ने लागिएको नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिए।

उनका अनुसार बिमा सम्बन्धी सूचनालाई व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउन तथा बिमाका समग्र गतिविधिलाई सूचनामार्फत जानकारी गराइने छ।

केन्द्रको स्थापनाबाट सरकारी निकाय, समग्र बिमा बजार र नागरिकलाई फाइदा हुने उनको भनाइ छ।

बिमा सूचना केन्द्रको सम्भावित सूचना सम्बन्धित मन्त्रालय, सरकारी निकाय, नेपालस्थित अन्तर्राष्ट्रिय निकाय, विश्वविद्यालय, बीमक संघ, पेशागत बिमा अभिकर्ता र नेपाल बिमा सर्भेयर संघसँग प्राधिकरणले सूचना केन्द्र स्थापनाका लागि विभिन्न चरणमा छलफल गरिसकेको छ।

प्रकाशित: ३० जेठ २०८१ १०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =