मोरङमा जंगली हात्ती मृत भेटियो

हिमाल प्रेस ३० जेठ २०८१ ९:३५
12
SHARES
मोरङमा जंगली हात्ती मृत भेटियो

इटहरी- मोरङको सुन्दरहरैँचामा जंगली हात्ती मृत फेला परेको छ।

सुन्दरहरैँचा नगरपालिका ६ दुर्गा मन्दिर टोलनजिक भक्तराज लिम्बूको केरा बगानभित्र जंगली हात्तीको छावा (बच्चा) मृत फेला परेको हो।

भाले जातको छावा बुधबार बिहान ६ बजेतिर मृत अवस्थामा भेटिएपछि स्थानीय र जनप्रतिनिधिले वन कार्यालय तथा प्रहरीलाई खबर गरेका थिए।

सव डिभिजन वन कार्यालय लाटीझोडा एवं सव डिभिजन वन कार्यालय सलकपुर र प्रहरी चौकी गछियाको टोली अहिले घटनास्थल पुगेर मुचुल्का उठाउने काम भइरहेको छ।

लाटीझोडा सब डिभिजन वन कार्यालयका प्रमुख एवं अधिकृत अमृतविलाश पन्तले वन कर्मचारी र प्रहरीको संयुक्त टोली घटनास्थललाई सुरक्षित राखेको जानकारी दिए।

उनका अनुसार अन्दाजी ६(७ वर्षको जस्तो देखिने हात्तीको बच्चा केरा बगानभित्र मृत फेला परेको हो। पोस्टमार्टम र थप अनुसन्धानबाट मात्रै मृत्युको कारण यकिन हुने पन्तले बताए।

प्रकाशित: ३० जेठ २०८१ ९:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =