अस्ट्रेलियाको ‘सुपर ८’ सुनिश्चित

हिमाल प्रेस ३० जेठ २०८१ ८:५४
4
SHARES
अस्ट्रेलियाको ‘सुपर ८’ सुनिश्चित

काठमाडौँ- टी-२० विश्वकपमा नामिबयामाथि सहज जित निकाल्दै अस्ट्रेलिया ‘सुपर ८’ पुगेको छ।

आज बिहान भएको खेलमा एसोसिएट टिम नामिबियाले दिएको ७३ रनको सामान्य लक्ष्यमाथि सहज जित निकाल्दै अस्ट्रेलिया सुपर ८ पुगेको हो।

नामिबियाले दिएको ७३ रनको लक्ष्य अस्ट्रेलियाले ५ दशमलव ४ ओभरमा एक विकेट गुमाएर पुर्‍यायो। जितका लागि अस्ट्रेलियन ओपनर ट्राविस हेड ३४, अर्का ओपनर डेभिड वार्नर  २० रन र मिचेल मार्सको १८ रन नै पर्याप्त रह्यो।

यता नामिबियाका बलर डेभिड विसीले एक विकेट लिने बाहेक कसैले विकेट लिन सकेनन्।

यसअघि टस जितेर फिल्डिङ रोजेको अस्ट्रेलियाले नामिबियालाई १७ ओभरमै अलआउट गरेको थियो। अस्ट्रेलियाका लागि एडम्प जाम्पा एक्लैले ४ विकेट लिएका थिए। जस हेजलउड र मार्कुस स्टोइनिसले २-२ विकेट लिए।

प्याट कमिन्स र नाथन एलिसले एक- एक विकेट लिए। नामिबियाका लागि जेरहार्ड एरास्मसले ३६ रन र माइकल भान लिङ्गेनले १० रन बटुल्नुबाहेक अरूले दोहोरो अंक छुन सकेनन्।

प्रकाशित: ३० जेठ २०८१ ८:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =