अस्ट्रेलियाका बलरसामु टिकेनन् नामिबियन ब्याटर, ७२ रनमै अलआउट

हिमाल प्रेस ३० जेठ २०८१ ७:५८
8
SHARES
अस्ट्रेलियाका बलरसामु टिकेनन् नामिबियन ब्याटर, ७२ रनमै अलआउट

काठमाडौँ- टी-२० विश्वकपमा अस्ट्रेलियाले नामिबयालाई ७३ रनको लक्ष्य दिएको छ। समूह ‘बी’ अन्तर्गतको खेलमा अस्ट्रेलियाका बलर सामु नामिबियन ब्याटरले उल्लेखीय प्रदर्शन गर्न सकेनन्।

टस जितेर फिल्डिङ रोजेको अस्ट्रेलियाका लागि एडम्प जाम्पा एक्लैले ४ विकेट लिँदा जस हेजलउड र मार्कुस स्टोइनिसले २-२ विकेट लिएका थिए।

प्याट कमिन्स र नाथन एलिसले एक- एक विकेट लिए। १७ ओभरमै अलआउट हुन पुगेको नामिबियाका लागि जेरहार्ड एरास्मसले ३६ रन र माइकल भान लिङ्गेनले १० रन बटुल्नुबाहेक अरूले दोहोरो अंक छुन सकेनन्।

दोस्रो इनिङ्सको खेल केही बरेमा सुरु हुनेछ।

प्रकाशित: ३० जेठ २०८१ ७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + nine =