बढ्यो अमेरिकी डलरको भाउ

हिमाल प्रेस ३० जेठ २०८१ ७:४३
12
SHARES
बढ्यो अमेरिकी डलरको भाउ

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, युरोसहितका मुद्राको मूल्य बढ्दा पाउन्डसहितका केही विदेशी मुद्राहरूको मूल्य घटेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०१ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ १९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ २७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९१ पैसा थियो।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७० रुपैयाँ ७३ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ १९ पैसा थियो।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८८ रुपैयाँ २७ पैसा थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ५१ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ। हिजो हराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५५ रुपैयाँ २७ पैसा थियो।

प्रकाशित: ३० जेठ २०८१ ७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + five =