विश्वकप क्रिकेट : तेस्रो खेलमा जित निकालेर पाकिस्तानको पोल्टामा २ अंक

हिमाल प्रेस ३० जेठ २०८१ ७:२८
14
SHARES
विश्वकप क्रिकेट : तेस्रो खेलमा जित निकालेर पाकिस्तानको पोल्टामा २ अंक

काठमाडौँ- टी-२० विश्वकपमा पाकिस्तानले तेस्रो खेलबाट अंक जोडेको छ। मंगलबार राति क्यानडालाई हराएपछि पाकिस्तानले पहिलो जितबाट २ अंक बटुलेको छ।

जितको दबाबमा रहेको पाकिस्तानले क्यानडाविरुद्ध ७ विकेटको जित हात पारेसँगै समूह ‘ए’को शीर्ष ३ मा पुगेको छ हो।

क्यानडाले दिएको १०७ रनको लक्ष्य पाकिस्तानले १५ बलअगावै पूरा गरेको हो।

हारसँगै क्यानडाको पनि समान २ अंक छ।

सुरुवाती दुवै खेल जितेका भारत र अमेरिका क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। उनीहरूको समान ४ अंक छ। सोही समूहमा रहेको आयरल्यान्डले भने खाता खोल्न सकेको छैन।

क्यानडाका आरोन जोन्सनले अर्धशतकीय ५२ रनको योगदान गरे। उनीबाहेक अन्य खेलाडीले उल्लेख्य रन बटुल्न नसक्दा क्यानडा कम लक्ष्य तर्फ धकेलिएको थियो।

कलीम सानाले १३ रन र साद बिन जफरले १० तथा डिलान हेलिगरले ९ रन बनाउने बनाए। नवनीत धालिवाल ४, पारगत सिंह २, निकोलस किर्टन १, श्रेयस मोव्वा २ र रविन्दरपाल सिंह शून्य रनमा आउट भए।

योसँगै क्यानडाले १०६ रन मात्र बनाउन सक्यो।

बलिङतर्फ पाकिस्तानका ह्यारिस रौफ र महम्मद आमिरले समान २ तथा शाहिन शाह अफ्रिदी र नसीम शाहले समान १ विकेट लिए।

१०७ रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानका लागि नटआउट रहेर महम्मद रिजवानले ५३ बलमा ५३ रनको योगदान गरे। त्यसबाहेक बाबर आजमले ३३ बलमा ३३ रन बटुल्दा सइम अयुब १२ बलमा ६ रन जोडी आउट भए।

पाकिस्तानका फाखर जमानले ४ तथा अर्का नटआउट उसमान खानले २ रनको योगदान गर्दा क्यानडाले अतिरिक्त ९ रन उपहार दियो। पाकिस्तानले ३ विकेट क्षतिमा १०७ रनको लक्ष्य पूरा गरेको थियो।

प्रकाशित: ३० जेठ २०८१ ७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 13 =