अनुदार बाबुराम, पार्टी स्थापना दिवसमा छैन प्रमुख दललाई निम्ता

हिमाल प्रेस ३० जेठ २०८१ ७:२७
170
SHARES
अनुदार बाबुराम, पार्टी स्थापना दिवसमा छैन प्रमुख दललाई निम्ता

काठमाडौँ– नेपाल समाजवादी पार्टी (नेसपा) ले बुधबार पार्टी स्थापना दिवस मनाउँदै छ। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले २०७३ जेठ ३० गते आइतबार ‘नयाँ शक्ति नेपाल’ पार्टी घोषणा गरेका थिए। नयाँ शक्ति स्थापना भएको दिनमा नेसपाले आफ्नो स्थापना दिवस मनाउन लागेको हो।

विभिन्न पार्टीसँग एकता गर्दा ‘नयाँ शक्ति’ शब्दावली हटाएर ‘समाजवादी’ राखिएको थियो। विभाजनपछि ‘नेपाल समाजवादी पार्टी (नेसपा)’ नाम राखिएको छ।

कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सिद्धिचरण हलमा कार्यक्रम आयोजना गरेको नेसपाले मुख्य राजनीतिक दललाई भने बोलाएको छैन। नेसपाले वैकल्पिक राजनीतिक पार्टी भनेर उदाएका दलदेखि नागरिक अभियन्ता तथा सार्वजनिक व्यक्तिलाई निमन्त्रणा गरेको छ।

नेसपा प्रवक्ता कृष्ण शर्माले कांग्रेस, एमाले र माओवादीबाट देशलाई अगाडि बढाउन सम्भव नभएको र उनीहरू सत्ताको लुछाचुँडीमा रहेकाले निमन्त्रणा नगरिएको बताए। उनका अनुसार जो वैकल्पिक, अग्रगामी राजनीतिक पक्षधर हुन्, जनताले पनि विकल्पका रूपमा हेरेका त्यस्ता पार्टी र व्यक्तिलाई कार्यक्रममा बोलाइएको छ।

उनले हिमालप्रेससँग भने, ‘कांग्रेस, एमाले, माओवादीको देशलाई नयाँ ठाउँमा पुर्‍याउनका लागि सहमत छैनन्। उनीहरू पुरानै संसदीय गोलचक्करमा फसेर देशलाई यथास्थितिमै राख्ने, गरिबी, बेरोजगारीको दुष्चक्रमा देशलाई फसाउन सक्रिय छन्। उनीहरू सत्ताको लुछाचुँडीमा छन्। जनताले केही पनि पाएका छैनन्। त्यसैले ती शक्तिबाट देश अगाडि बढाउन सम्भव छैन। जो वैकल्पिक राजनीतिका पक्षधर हुन्, अग्रगामी राजनीतिक पक्षधर हुन्, जनताले पनि विकल्पका रूपमा हेरेका छन्, तिनलाई बोलाएर एकताबद्ध भएर अगाडि बढ्न सकिन्छ भनेर हामीले नयाँ शक्तिलाई बोलाएका हौँ।’

ककसलाई बोलाइएको छ?

राजनीतिक दल/व्यक्ति

राष्ट्रिय स्वतन्त्र पार्टी

(रवि लामिछाने)

विवेकशील साझा पार्टी
अध्यक्ष समिक्षा बास्कोटा
उपाध्यक्ष मिलन पाण्डे

नागरिक उन्मुक्ति पार्टी
रेशम चौधरी

जनमत पार्टी
सीके राउत

आम जनता पार्टी
प्रभु शाह

पिपुल्स फर्ष्ट
डम्बर खतिवडा

बालेन शाह
हर्क साम्पाङ
गोपी हमाल
डा.सूर्यराज आचार्य
किशोर थापा (पूर्वसचिव)
पहिचानवादी मोर्चा
संयोजक (डा.महेन्द्र लावती)

नागरिक अभियन्ता, सार्वजनिक बौद्धिक
खगेन्द्र संग्रौला
युग पाठक
लोकराज बराल
कृष्ण खनाल
कृष्ण हाछेंथु
हरि रोका
डा.मीना पौडेल
तुलानारायण साह
मल्ल के सुन्दर
संगीत श्रोता

डा. अर्जुन कार्की : (डाक्टर चेष्ट फिजिसियन)
उत्तमबाबु श्रेष्ठ
अभियन्ता ई:
अर्चना थापा
मोहना अन्सारी

उद्यमी व्यवसायी
अध्यक्ष, FNCCI : चन्द्र ढकाल
अध्यक्ष, CNI : राजेश कुमार अग्रवाल
अध्यक्ष, Nepal Chamber of Commerce
कृष्ण आचार्य
सुरज वैद्य
कुशकुमार जोशी
रविभक्त श्रेष्ठ
उमेश श्रेष्ठ
त्रिभुवन तुलाधार
विजय शाह
दिव्यराज भण्डारी
शोभा ज्ञवाली
अध्यक्ष, FWEAN

युवा व्यवसायी
तिफक खान

विकास थापा
ग्रिहेन्द्र घिमिरे
निशान ढकाल
मनोज पौडेल
श्याम श्रेष्ठ
चक्रबहादुर भण्डारी
राजुबाबु श्रेष्ठ
निर्माण चौधरी
करण चौधरी
बसन्त चौधरी
अन्जन श्रेष्ठ
ज्योति पाण्डे
छाया शर्मा
नुगल वैद्य
ओम राजभण्डारी
सुदीप आचार्य
राधेश पन्त
सौरभ ज्योति

सांस्कृतिककर्मी/सिनेमा
अशोक शर्मा
करिश्मा मानन्धर
सरोज खनाल
दीपेन्द्र लामा
दयाहाङ राई
प्रकाश सपूत
केकी अधिकारी

नयाँ शक्ति अभियानका संस्थापक केन्द्रीय सदस्यहरू
केशव दाहाल
डा. राजेन्द्र केसी
डा. केशवमान शाक्य
रामश्वर खनाल
नारायणराज पाण्डे
हरेराम कोइराला
कमला हेमचुरी
गणेश राई
अशोक श्रेष्ठ
पिङ्की गुरुङ
डा.ज्ञानेन्द्र शाह
बलराम केसी (पूर्व न्यायाधीश)
शम्भु थापा (वरिष्ठ अधिवक्ता)
चन्द्रकान्त ज्ञवाली (वरिष्ठ अधिवक्ता)
ओम अर्याल (अधिवक्ता)
गोपालकृष्ण घिमिरे (वरिष्ठ अधिवक्ता- अध्यक्ष, नेपाल बार एसोसिएसन)
हर्क रावल अधिवक्ता, (उपाध्यक्ष नेपाल बार एसोसिएसन)
रामकृष्ण तिमल्सिना (पूर्व रजिस्टार सर्वोच्च अदालत)
भास्कर गौतम
उज्वल प्रसाईं
राजेन्द्र महर्जन
बन्दना ढकाल
निर्घा नवीन
रीता शाह

प्रकाशित: ३० जेठ २०८१ ७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =