राष्ट्रपति पौडेल जेनेभा प्रस्थान [तस्बिरहरू]

दिपेश श्रेष्ठ २९ जेठ २०८१ १९:२५
14
SHARES
राष्ट्रपति पौडेल जेनेभा प्रस्थान [तस्बिरहरू] जेनेभा प्रस्थान गर्नुअघि मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अभिवादन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल जेनेभा प्रस्थान गरेका छन्। अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल मंगलबार साँझ स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका हुन्। उनले जेठ ३१ गते सो अवसरमा उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्न कार्यक्रम छ।

राष्ट्रपतिको बिदाइका लागि उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, संवैधानिक अंगका प्रमुखहरू, सरकारका मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरू, उच्च सरकारी अधिकारीलगायत विमानस्थल पुगेका थिए। पौडेल दोहा हुँदै जेनेभातर्फ गएका हुन्।

भ्रमणका क्रममा उनले जेठ ३० गते स्विस महासंघका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। भ्रमणकै क्रममा राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट संघीय गणतन्त्र जर्मनीको बर्लिन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए।

राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा. सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्विटट्जरल्यान्ड र जर्मनीका लागि नेपाली राजदूतहरू तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू छन्। सम्मेलनमा भाग लिन श्रममन्त्री डीपी अर्याल यसअघि नै जेनेभा गएका छन्। राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्कने कार्यक्रम छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 13 =