टिपर दुर्घटनामा एकको मृत्यु

हिमाल प्रेस २९ जेठ २०८१ १०:०४
2
SHARE
टिपर दुर्घटनामा एकको मृत्यु

गुल्मी- गुल्मी र अर्घाखाँचीको सिमानामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

सोमबार राति करिब ९:४५ बजेको समयमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका-७, देउरालीस्थित तम्घास भित्री सडकमा ना ८ ख ६६४४ नम्बरको टिपर दुर्घटना भएको हो।

दुर्घटनामा परि टिपर चालक सन्धिखर्क नगरपालिका ८ खाँचीका २६ वर्षीय रामलाल पुरीको उपचारका क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शंकर पोखरेलले जानकारी दिए।

दुर्घटनामा दुई जना घाइते भएका छन्। सन्धिखर्क नगरपालिका ७ का ३३ वर्षीय रिसभ केसी र सितगंगा नगरपालिका २ का २९ वर्षीय नविन घिमिरे घाइते भएका छन्। घाइते दुवै जनालाई राति नै गुल्मी अस्पतालबाट लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा रिफर गरिएको थियो।

घाइतेमध्ये केसी बोल्न नसक्ने र घिमिरे बोल्न सक्ने अवस्थामा छन्। दुर्घटना भएको टिपर सडकबाट करिब ७० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ जेठ २०८१ १०:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =