कति पुग्यो डलरको भाउ?

हिमाल प्रेस २९ जेठ २०८१ ६:५१
4
SHARES
कति पुग्यो डलरको भाउ? नेपाल राष्ट्र बैंक। फाइल तस्बिर।

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर र कुवेती दिनारको मूल्य बढ्दा युरो, पाउन्डसहितका विदेशी मुद्राहरुको मूल्य घटेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। विगत तीन दिनदेखि घटवढ नभएको अमेरिकी डलरको मूल्य आज बढेको हो।

हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ २७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ। हिजो युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा थियो।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ १९ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७० रुपैयाँ १० पैसा थियो।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८८ रुपैयाँ २७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०१ पैसा थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ९७ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५५ रुपैयाँ २७ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ १० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ६९ पैसा थियो।

प्रकाशित: २९ जेठ २०८१ ६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =