स्थायित्वका लागि फ्लोर क्रस गरेर पाण्डेलाई मत दिँए, माओवादीसँग कारबाही गर्ने आधार छैन : फणीन्द्र देवकोटा

फणीन्द्र देवकोटा २८ जेठ २०८१ १७:५१
372
SHARES
स्थायित्वका लागि फ्लोर क्रस गरेर पाण्डेलाई मत दिँए, माओवादीसँग कारबाही गर्ने आधार छैन : फणीन्द्र देवकोटा फणिन्द्र देवकोटा

जब सरकार फेरबदलको अवस्था बन्यो गण्डकी प्रदेश रहनेकी कि नरहने भन्ने गम्भीर चुनौती देखेँ मैले। अघिल्लो पटक माननीय खगराज अधिकारीलाई हामीले हस्ताक्षर गरेर समर्थन गरेको थिएँ। केन्द्रमा सत्ता फेरबदल भयो। मैले त्यसबेला उहाँलाई समर्थन गरेको थिएँ।

तर पछिल्लो चरण हामी माननीयलाई थाहै नदिई संख्या गणना गरेर सरकार फेरबदल हुने प्रक्रिया सुरु गरियो। त्यसपछि हामीलाई थाहा भयो गण्डकी सरकार गम्भीर तरिकाले अघि बढ्दैछ भयो। विवाद अदालतसम्म पुग्यो।

अदालतको आदेश आयो। अहिले स्थायित्व दिने विषय गम्भीर भयो। मैले भोट दिँदा सरकार बन्छ। स्थायित्व हुन्छ भन्ने ठानेपछि यो स्थायित्वको अवस्था आयो। आज राप्रपा, स्वतन्त्र सांसदले पनि स्थायित्व रोजे र म मेरो पार्टीको निर्णयअनुसार मध्यावधि रोक्न, स्थायित्व कायम गर्न तर्फ लागेँ।

कानुनले दिएको अधिकार प्रयोग गरेर माओवादीको संसदीय दलको ह्वीप जारीलाई बेवास्ता गरेर फ्लोर क्रस गरेर अघि बढेँ। म नेपाल समाजवादी पार्टीको सांसद हुँ। हिजो संयुक्त गठबन्धन बनाएर चुनाव लड्दामात्रै मैले माओवादी पार्टीको चुनाव चिह्न प्रयोग गरेको हुँ।

माओवादीले मलाई कारबाही गर्ने भन्ने नै हुँदैन। दुई वा दुईभन्दा धेरै दल तालमेल गरेर चुनाव लड्न सक्छन् तर एक पार्टीले अर्को पार्टीको सांसदलाई कारबाही गर्न सक्दैन। यस्तो भए यो राजनीति प्रणाली नै खारेज भयो त, हामी कस्तो राजनीतिक प्रणाली अभ्यास गर्न लागेका छौँ र?

हामी सँगै चुनावमा लडेका थियौं। उहाँहरूका मतबाट हामीले जितेका हौँ। हाम्रो मतबाट उहाँहरूले जित्नुभएको हो। चुनाव चिह्न बाँडेका हौँ भनेर सहज रुपमा भन्नुभयो भने सहज रुपमा जान्छ। हामीलाई थाहा छ नि, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी गठबन्धन गरेर चुनावमा गएका हौँ। यो त सबैलाई सर्वविदितै छ।

कि चुनावमा गठबन्धन गरेर जानुहँदैन भनेर भन्नुपर्‍यो। हाम्रो मात्र होइन हाम्रो छिमेकी ठूलो राष्ट्रमा समेत चुनावमा गठबन्धनमा गएर अहिले परिणाम आएर सरकार बनेको छ। माओवादी–एमालले अलि अर्कै ढंगले हर्कत गरेर, एकले अर्कोको अस्तित्व नस्वीकार्ने, पार्टीलाई नस्वीकार्दै जानुभयो भने त्यतिखेर स्वभावतः मैले जिम्मेवारी लिएर अगाडि बढ्नुपर्ने हुनसक्छ। तर उहाँहरूको प्रस्तुति त्यो देखियो भने मैले मेरा गोरखाली मतदाताको भावना बुझेर निर्णय गर्ने र पार्टीले के निर्देशन दिन्छ त्यहि अनुसार निर्णय लिन्छु।

मैले कांग्रेसलाई भोट हाल्नुको अर्थ जनताको आवश्यकतालाई सम्बोधन गर्न खोजेको हुँ। प्रदेशसभामा आएपछि म जहिल्यै पनि सकारात्मक नतिजाको लागि उभिएको छु। यो कुरा बारम्बार भनेको छु। तपाईंहरूले कति बुझ्नु भएको छ?

दफा ४९ ले एउटै चुनाव चिह्न लिएर लड्न सक्नेछ । त्यसैमा भनेको छ एउटै चुनाव चिह्नमा लड्दा पनि एउटै संसदीय दल हुन्छ है। दलचाहिँ कस्तो हुन्छ भने जुनचाहिँ पार्टीको बढी सिट संख्या। नेपाल समाजवादीले धेरै सिट जितेको भए नेपाल समाजवादी पनि राष्ट्रिय दल हुन्थ्यो। त्यसकै अर्को दफाले भन्ने हो भने उहाँलाई दफा २८ अनुसारका चारवटा क्लज पालना गर्नुपर्नेछ भन्छ। दफा २८ मा जाँदै गर्दा ती कुराहरू पालना गर्नुपर्छ।

पालना नभएको कुरा सचेतकले सम्बन्धित जानकारी दिनसक्नेछ भन्छ। जानकारी दिनसक्नेछ भन्ने व्यवस्था दफा ३२ मा छ। ३२ ले के भन्छ भने जुन राजनीतिक दल हो त्यो राजनीतिक दलले दिएको पत्र प्राप्त भइसकेपछि त्यो पार्टीको केन्द्रीय समितिको बैठक बस्छ, सचेतकले पठाएको पत्र अध्ययन गर्छ र जसका विरुद्ध त्यो पत्र गएको छ ऊसँग बुझ्छ। उसले सफाइको मौका माग गर्छ।

सफाइको मौका माग गरेपछि त्यो सफाइ पार्टी केन्द्रलाई त्यो सफाइलाई चित्त बुझे नबुझेमा सम्बन्धित दलले त्यो बारे निश्चित माओवादी केन्द्रको प्रमुख सचेतकले हामीले भनेको ह्वीप पालना गर्नुभएन भनेर नेपाल समाजवादी पार्टीलाई चिठ्ठी लेख्छ।

प्रकाशित: २८ जेठ २०८१ १७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 8 =