हेर्नुहोस् आजको मौसम

हिमाल प्रेस २८ जेठ २०८१ ६:४०
12
SHARES
हेर्नुहोस् आजको मौसम

काठमाडौँ- हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशको थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने छ। तातो हावा तथा तातो लहरको सम्भावना रहेको महाशाखाको भनाई छ ।

भोलि मंगलबार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: २८ जेठ २०८१ ६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =