स्थापना दिवसको अवसरमा असार ७ गते रास्वपाले चियापान गर्ने

हिमाल प्रेस २७ जेठ २०८१ १९:५४
26
SHARES
स्थापना दिवसको अवसरमा असार ७ गते रास्वपाले चियापान गर्ने रास्वपा केन्द्रीय कार्यालय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले दोस्रो स्थापना दिवसका अवसरमा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आगामी असार ७ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ।

सो पार्टीको आजको केन्द्रीय सचिवालय बैठकले स्थापना दिवसका अवसरमा आगामी असार १ देखि असार ७ गतेसम्म वडादेखि केन्द्रसम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाउने पनि निर्णय गरेको सहमहामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

‘स्थापना दिवसका अवसरमा असार १ गतेदेखि हालै निर्माण सम्पन्न भएका र निर्माणाधीन भौतिक पूर्वाधारका योजनाको अनुगमनका साथै रक्तदान, सरसफाइ, वृक्षरोपण र मैत्रीपूर्ण खेलकुदजस्ता कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ,’ उनले भने।

सहमहामन्त्री बुर्लाकोटीले पार्टीका प्रदेश, जिल्ला, पालिका र वडा कार्यालयहरूमा विभिन्न कार्यक्रमहरू गरी स्थापना दिवस मनाउन अनुरोध गरिएको बताए।

प्रकाशित: २७ जेठ २०८१ १९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − nine =