मित्रमिलन सहकारीका थप २ प्रतिवादी पक्राउ

हिमाल प्रेस २७ जेठ २०८१ १९:१६
112
SHARES
मित्रमिलन सहकारीका थप २ प्रतिवादी पक्राउ

पोखरा-  मित्रमिलन बचत तथा ऋण सहकारीका पूर्व अध्यक्ष भरत भट्टराईसहित २ जना पक्राउ परेका छन्। सहकारीको रकम अपचलन गरेको अभियोगमा मुद्दा खेपिरहेका प्रतिवादी उनीहरु हालसम्म फरार थिए।

पोखरा २१, कृस्ती निवासी ३० वर्षीय भट्टराई सहकारीका पूर्व अध्यक्ष हुन्। सोही ठाउँका २८ वर्षीय सुवास अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको हो।

शुक्रबार वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई तनहुँको शुक्लागण्डकी नगरपालिका वडा १, कोत्रेबाट पक्राउ गरी आइतबार जिल्ला अदालतमा पेस गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दीप जिसीले बताए।

संस्थाको करिब ३२ करोड आर्थिक अपचलन हुने गरी भएको ठगी अभियोगमा ३३ जनाविरुद्ध अदालतमा मुद्दा विचाराधीन छ।
सहकारी सञ्चालक समितिका पदाधिकारीसमेत बचतकर्ताको बचत रकम फिर्ता नगरी ठूलो रकम हिनामिना प्रकरणमा कतिपय जनप्रतिनिधि, पत्रकार, अधिवक्ता पनि मुछिएका छन्।

प्रकाशित: २७ जेठ २०८१ १९:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =