त्रिशूलीमा हराएका एक किशोर मृत फेला, अर्काको खोजी जारी

हिमाल प्रेस २७ जेठ २०८१ १७:०९
28
SHARES
त्रिशूलीमा हराएका एक किशोर मृत फेला, अर्काको खोजी जारी

काठमाडौं– धादिङको गजुरी गाउँपालिका–५ घाटबेशी स्थित त्रिशूली नदीमा शनिबार बेपत्ता भएका दुई किशोरमध्य एकजनाको शव फेला परेको छ। सशस्त्र प्रहरीको गोताखोरले नदीका २० फिट गहिराईबाट १५ वर्षीय युनिक सुवेदीको शव आज (आइतबार) निकालेको हो।

सोही स्थानका १३ वषीय रिदम रोईला अझै बेपत्ता छन्। उनको खोजी जारी रहेको एपीएफले जनाए‍को छ।

युनिक र रिदम शनिबार दिउँसो ४ बजे देखि हराइ रहेका थिए। त्रिशूली नदी किनारमा उनीहरूले लगाएको कपडा भेटिएपछि उक्त स्थानमा सशस्त्र प्रहरी बल, नेपाल बिपद् व्यवस्थापन बेश आदमघाटबाट सशस्त्र प्रहरी उपरीक्षक मदन कुमार रसाईलीको कमाण्डमा ७ जनाको टोली खटिएको थियो।

तर शनिबार ती किशोररू फेला नपरेपछि उद्धार कार्य स्थगित गरेको सशस्त्र प्रहरीले आज (जेठ २७ गते) विहानैदेखि खोेजी सुरु गरेको थियो।

त्यसक्रममा आज १ः२० बजे कपडा खोलेको ठाउँ देखि १०/१५ मिटर माथि युनिकको लास फेला पारेको हो। उनीसँगै हराइरहेका अर्का किशोर रिदमको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ जेठ २०८१ १७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + six =