काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित ४ जना पक्राउ परेका छन्।
१ थान सिक्री, करिब ६९ ९९ मिलिग्राम सुनजस्तो देखिने धातुको काँचो डल्लोसहित प्रहरीले दुई समूहमा गरी ४ जनालाई पक्राउ गरेको हो।
यसरी पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका–९ बस्ने ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाज, सप्तरी सुरुङ्गा नगरपालिका–५ बस्ने २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक गरपालिका–६ बस्ने ३७ वर्षीय ज्याउदिन मिया रहेका छन्।
उनीहरू सबैलाई प्रहरीले विमानस्थलको आगमन पार्किङ एरियाबाट पक्राउ गरेको हो। तर, फरक फरक विमानबाट भन्सार छली गरि उनीहरूले सुन ल्याएको प्रहरीले जनाएको छ।
उनीहरूलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइने पनि प्रहरीले बताएको छ।