कर्णालीको पुलमा फसेका दुई खच्चड मरे, आठवटालाई नदीमा खसालेर जीवितै निकालियो

हिमाल प्रेस २७ जेठ २०८१ १५:१७
134
SHARES
कर्णालीको पुलमा फसेका दुई खच्चड मरे, आठवटालाई नदीमा खसालेर जीवितै निकालियो झोलुङ्गे पुलमा फसेका खच्चड। तस्बिर : सागर रावल

काठमाडौं–कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिएर फसेका १५ खच्चडमध्ये २ वटा मरेका छन्। अछाम र दैलेख जिल्ला जोड्ने कर्णालीमाथि झोलुंगे पुलको एकातर्फको लठ्ठा चुँडिदा सामान बोकेर आइरहेका खच्चड फसेका थिए। जसमध्ये एउटा पुलमा फसेकै अवस्थामा मरेको हो भने अर्को जाली काटेर नदीमा झारेपछि मरेको प्रहरीले जानकारी दिएको छ।

अछामको पञ्चदेवल विनायक नगरपालिकाका उपप्रमुख हर्कबहादुर रावलले फसेका १५ खच्चडमध्ये पुलको छेउमै भएको एउटालाई स्थानीयले  सजिलै उद्दार गरेका थिए। बाकी १४ वटामध्ये ८ वटालाई  नदीमा खसालेर निकालिएको छ। पुलका बाँकी खच्चडलाई तानेर निकाल्ने कोसिस भइरहेको छ। ती खच्चड नदीमा खसाल्दा ढुंगामा पर्ने भएकाले तानेर निकाल्न लागिएको उनको भनाइ छ। 

पञ्चदेवल नगरपालिका र दैलेखको आठबीस नगरपालिका जोड्ने पुलको एकातर्फको लठ्ठा चुँडिदा खच्चड तारमा अड्किएकाले उद्धार भइरहेको दैलेख प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल दाहालले बताए। लठ्ठा चुँडिएर पुल लच्किँदा  त्यहाँबाट अछाम र दैलेखबीच आवतजावत बन्द भएको छ।

अछाममा कर्णालीमाथिको पुलको लठ्ठा चुँडियो, १५ खच्चड फसे

प्रकाशित: २७ जेठ २०८१ १५:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =