रघुवीर महासेठ बने कार्यवाहक प्रधानमन्त्री

हिमाल प्रेस २७ जेठ २०८१ १४:१५
58
SHARES
रघुवीर महासेठ बने कार्यवाहक प्रधानमन्त्री

काठमाडौं-उपप्रधान एंव भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दिल्ली गएसगै उनको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य गर्नेगरी उपप्रधानमन्त्री महासेठलाई जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा महासेठलाई सो जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

‘राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड”ज्यू छिमेकी मित्रराष्ट्र भारतका नवनियुक्त प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुन सम्वत् २०८१ साल जेठ २७ गते आइतबार त्यसतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायत मन्त्री श्री रघुबीर महासेठज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ,’ प्रवक्ता भट्टराईले जारी गरेको विज्ञप्तिम भनिएको छ।

मोदीको खुसीमा सहभागी हुन दिल्ली उडे प्रचण्ड [फोटो फिचर]

प्रकाशित: २७ जेठ २०८१ १४:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast