काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली प्रस्थान गरेका छन्। दाहाल पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल एयरलाइन्सबाट नयाँदिल्ली प्रस्थान गरेका हुन्।
भारतका प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ। प्रधानमन्त्री सगै कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल र प्रधानमन्त्री दाहालकी छोरी गङ्गा दाहाललगायत छन्। दुई प्रधानमन्त्रीबीच आजै भेट हुने पनि बताइएको छ। मोदीको सपथका लागि अन्य छिमेकी देशका प्रमुख तथा प्रधानमन्त्री सहभागी हुदैछन् ।
प्रकाशित: २७ जेठ २०८१ १४:००
प्रतिक्रिया