भारत जानुअघि प्रचण्डले भेटे ओली

हिमाल प्रेस २७ जेठ २०८१ १२:५८
8
SHARES
भारत जानुअघि प्रचण्डले भेटे ओली प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी शर्मा ओली। फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ।

बालुवाटारमा जारी भेटवार्तामा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आज दिउँसो भारत जाँदै छन्।

प्रधानमन्त्रीका साथमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, छोरी गंगा दाहाललगायत उच्चपदस्थ सरकारी कर्मचारी पनि जाने परराष्ट्र स्रोतले जनाएको छ।

शपथपछि प्रधानमन्त्री दाहाल र समकक्षी मोदीले आजै साँझ भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ।

प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित: २७ जेठ २०८१ १२:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eleven =