अछाममा कर्णालीमाथिको पुलको लठ्ठा चुँडियो, १५ खच्चड फसे

हिमाल प्रेस २७ जेठ २०८१ १२:३२
120
SHARES
अछाममा कर्णालीमाथिको पुलको लठ्ठा चुँडियो, १५ खच्चड फसे झोलुङ्गे पुलमा फसेका खच्चड। तस्बिर : सागर रावल

काठमाडौँ– कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिएको छ। लठ्ठा चुँडिदा १५  वटा खच्चड पुलमै फसेका छन्। आज आइतबार बिहान १० अछाम् पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाँडा र दैलेखको आठबिस नगरपालिका–४ जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुँडिएको हो।

लठ्ठा चुडिँदा १५ वटा खच्चड पुलमै चेपिएका छन्। यसअघि नै कमजोर रहेको पुलमा एकैपटक धेरै खच्चडलाई यात्रा गराउँदा दुर्घटना भएको बताइएको छ। पञ्चदेवल विनायक नगरपालिकाका उपप्रमुख हर्कबहादुर रावलका अनुसार खच्चड उद्धारको प्रयास भइरहेको छ।

‘नेपाली सेना, प्रहरी तथा स्थानीय मिलेर पुलमा फसेका खच्चडको उद्धारको तयारी भइरहेको छ,’ उनले हिमालप्रेससँग भने, ‘पुलमा १५ वटा खच्चड फसेका छन्।’ उनका अनुसार केही खच्चड चेपिएका छन् भने केहिको खुट्टा पुलको जालीमा पसेर अड्किएको छ।

प्रहरीका अनुसार पुलको एकातर्फका दुई वटा लठ्ठा चुँडिएका छन्। खच्चड अछामका जोरे रोकामगर र राजेन्द्र बोहराका हुन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी सुनिल दाहालले उद्दारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पठाइएको बताए।

प्रकाशित: २७ जेठ २०८१ १२:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 6 =