काठमाडौँ- प्रतिनिधिसभाको आइतबार र सोमबारका लागि तय भएको बैठक स्थगित गर्ने निर्णय भएको छ । सभामुख निवास बालुवाटारमा आइतबार बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो ।
विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक स्थगित गर्नुपरेको सभामुखको सचिवालयले जनाएको छ । प्रतिनिधि सभामा आइतबारदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो।
प्रकाशित: २७ जेठ २०८१ १०:०५
प्रतिक्रिया