माधव नेपाल भन्छन् : एमालेसँग तत्काल एकता हुँदैन 

हिमाल प्रेस २६ जेठ २०८१ २१:३५
30
SHARES
माधव नेपाल भन्छन् : एमालेसँग तत्काल एकता हुँदैन 

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टी एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताएका छन्।

पार्टीको कोशी प्रदेश कमिटीद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रियतामाथि गहिरिँदै गइरहेको संकटलाई समाधान गर्न देशका समाजवादी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिँदै समाजवादी मोर्चाको पुनः गठन गरेर अगाडि बढ्ने आफूहरूको रहेको बताए।

अध्यक्ष नेपालले वर्तमान राजनीतिमा बढेको अस्थिरता,अविश्वासले प्रतिक्रियावादी शक्तिलाई हौसला दिएकाले परिवर्तनकारी शक्तिबीच सहकार्य तथा समन्वयको खाँचो औँल्याए।

उनले मधेश सरकारमा मुख्यमन्त्रीको नेतृत्व गर्न पार्टीलाई प्रस्ताव आएको भए पनि केन्द्रमा एउटा र प्रदेशमा अर्को सरकारमा बस्नु नैतिक रूपमा उपयुक्त नहुने भएकाले त्यस्तो प्रस्ताव अस्वीकार गरेको जानकारी दिए।

अध्यक्ष नेपालले समाजमा विधमान सबै प्रकारका भेदभावलाई न्यूनीकरण गरी मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरण गर्न सकिने बताए। एकीकृत समाजवादी संघमा बनेको गठबन्धनमै बस्नुपर्ने अवस्था रहेको र प्रधानमन्त्री पुष्पकमल दाहालले सकारात्मक भूमिका खेलेको उनको भनाइ थियो।

महाधिवेशन सफल पार्न पार्टी मातहतका कमिटीले तीव्रगतिमा कार्यसम्पादन गरिरहेको जानकारी दिँदै अध्यक्ष नेपालले राजनीतिक अन्तरविरोध कम गरी दस्तावेजलाई थप समृद्ध बनाउन मातहतका सबै कमिटीमा छलफल भइरहेको प्रस्ट पारे।

प्रकाशित: २६ जेठ २०८१ २१:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =