नेताकार्यकर्तालाई ओलीले भने : आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने गरी काम गर्नुस्

हिमाल प्रेस २६ जेठ २०८१ १६:४९
24
SHARES
नेताकार्यकर्तालाई ओलीले भने : आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने गरी काम गर्नुस्

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिमा विकसित गर्न काठमाडौँका अगुवा र कार्यकर्तालाई आग्रह गरेका छन्।

एमालेको काठमाडौँको सातौँ अधिवेशनको उद्घाटनसत्रलाई आज सम्बोधन गर्दै उनले मुलुकका राजनीतिक स्थायित्वसहित विकास र समृद्धिका लागि पार्टीलाई अग्रस्थानमा पुर्‍याउनुपर्ने बताए।

अध्यक्ष ओलीले काठमाडौँको पार्टी संगठन विभिन्न अवरोहअवरोह पार गर्दै आइपुगेको र संकटका घडीमा कार्यकर्ताले पार्टीलाई जोगाएर सुदृढ पार्टीका रुपमा कायम राखेको स्मरण गरे।

उनले भने, ‘गत निर्वाचनमा हामीले बहुमत ल्याउन सकेनौँ। पार्टीभित्र कतिपय आन्तरिक समस्या र प्रतिनिक्रियावादीका अनेक झुट र षड्यन्त्रका कारणले बहुमत ल्याउन सकिएन। अबका दिनमा त्यस्ता झुट र षड्यन्त्रलाई हामीले पराजित गर्न सक्नुपर्छ।’

प्रकाशित: २६ जेठ २०८१ १६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =