मकवानपुरमा विद्यालय कर्मचारीकाे तलबबारे छलफल,स्थानीय तहलाई ज्ञापनपत्र बुझाइने

हिमाल प्रेस २६ जेठ २०८१ १६:२७
1.1k
SHARES
मकवानपुरमा विद्यालय कर्मचारीकाे तलबबारे छलफल,स्थानीय तहलाई ज्ञापनपत्र बुझाइने विद्यालय कर्मचारी । फाइल तस्बिर ।

हेटौँडा- मकवानपुरमा विद्यालय कर्मचारी (लेखापाल र कार्यलय सहयाेगी) काे पारिश्रमिक व्यवस्थापनसम्बन्धी छलफल भएको छ। शुक्रबार नेपाल विद्यालय कर्मचारी परिषद् मकवानपुर अध्यक्ष राजन अधिकारीको संयोजकत्वमा भएकाे कार्यक्रममा साे विषयमा छलपफल भएकाे हाे।

सरकारले विद्यालयका कर्मचारीका लागि बजेट नछुट्याएका कारण स्थानीय तहसँग समन्वय गर्ने परिषद्का सचिव सज्जन रिमालले जानकारी दिए।

सरकारले तोकेको समान तहमा कार्यरत कर्मचारीले पाउँदै आएको तलब र सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा पनि न्यूनतम तलब भएका कारण छलफल कार्यक्रमको आयोजना गरिएको उनकाे भनाइ थियाे।

उनकाे भनाइमा छलफलबाट स्थानीय तहलाई ज्ञापनपत्र बुझाउने निर्णय भएकाे छ। केन्द्र सरकारबाट विद्यालयको कर्मचारीको सेवा सुविधासम्बन्धी कुनै पनि माग सम्बोधन नभएका कारण उचित पारिश्रमिकका लागि स्थानीय सरकारलाई दबाब दिन लागिएको सचिव रिमालले बताए।

स्थानीय सरकारसमक्ष जेठभित्रै ज्ञापनपत्र पेस गरिने बताइएको छ। उक्त छलफलमा ३० जना कर्मचारी सहभागी थिए।

विद्यालय कर्मचारीले पटकपटक काठमाडौँ केन्द्रित आन्दोलन गरे पनि माग पूरा भएको छैन।

हाल सरकारबाट लेखापालले १३ हजार पाँच सय रुपैयाँ र कार्यालय सहयोगीले सात हजार रुपैयाँमा मासिक तलब पाउँदै आएका छन्। स्थानीय तहले सात हजार रुपैयाँ थप गरी दिनुपर्ने नियम भए पनि सबै स्थानीय तहले तलब दिएका छैनन्।

प्रकाशित: २६ जेठ २०८१ १६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =