शिक्षा विधेयकलाई प्राथमिकतामा राख्न मन्त्रीको आग्रह

हिमाल प्रेस २६ जेठ २०८१ १३:५७
1.9k
SHARES
शिक्षा विधेयकलाई प्राथमिकतामा राख्न मन्त्रीको आग्रह सुमना श्रेष्ठ । फाइल तस्बिर ।

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापालाई विद्यालय शिक्षा विधेयक प्राथमिकता कायम गरी छलफलअगाडि बढाउन पत्राचार गरेकी छन्।

शिक्षामन्त्री श्रेष्ठले समितिमा छलफलको क्रममा रहेका विधेयकमध्ये विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई पहिलो प्राथमिकतामा राखी छलफल अगाडि बढाउन अनुरोध गर्दै पत्राचार गरेकी हुन्।

श्रेष्ठले नेपालको संविधानले परिकल्पना गरे बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को स्वीकृतिपश्चात शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट गत भदौ २७ गते संघीय संसद्को प्रतिनिधि सभामा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक दर्ता भई हाल शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको स्मरण गराएकी छन्।

विधेयक नेपालको विद्यालय शिक्षा, पाठ्यक्रम, परीक्षासहितका विषयसँग सम्बन्धित भई मुलुकको विद्यालय शिक्षा प्रणालीलाई अझ व्यवस्थित प्रभावकारी र गुणस्तरीय बनाउने विषयसँग सम्बन्धित भएको पत्रमा उल्लेख गर्दै यो विधेयक अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा स्थानीय तहसहितको तमाम सरोकारवालासँग सम्बन्धित रहेकोले यस प्राथमिकता दिन सुमनाले आग्रह गरेकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − six =