काठमाडाैँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विसं। २०८४ सालसम्म नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा रहने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कांग्रेसले चुनावमा पाएको मतअनुसार सरकारमै रहनुपर्ने भए पनि केही राजनीतिक दलहरूले प्रतिवद्धता बिर्सिंदा कांग्रेस प्रतिपक्षमा पुगेको बताए ।
कांग्रेसले विसं २०८४ सम्म सरकार बनाउन र गिराउन कतै आँखा नलगाउने उनको भनाइ छ । महामन्त्री थापाले प्रतिपक्षको भूमिका निर्वाह गर्दैगर्दा नेकपा एमाले, नेकपा माओवादी केन्द्रसँग कुराकानी गर्न छोड्न भने नहुने बताए ।
कांग्रेस संसद्को ठूलो दल र संविधान निर्माण गर्दा नेतृत्व गरेको पार्टी भएकाले केही जिम्मेवारी रहेको महामन्त्री थापाको भनाइ छ । उनले संविधानमा केही कुरा संशोधनका लागि अन्य राजनीतिक दलसँग कुराकानीमा रहने बताए ।