जसपा नेपालले महाधिवेशनका लागि बनायो उम्मदेवार मापदण्ड, अध्यक्ष बन्न यस्तो प्रावधान

हिमाल प्रेस २६ जेठ २०८१ १३:१०
10
SHARES
जसपा नेपालले महाधिवेशनका लागि बनायो उम्मदेवार मापदण्ड, अध्यक्ष बन्न यस्तो प्रावधान

काठमाडौँ–  जनता समाजवादी पार्टी (जसपा) नेपालको पदाधिकारी तथा केन्द्रीय सदस्यका उम्मेदवारको मापदण्ड निर्धारण गरेको छ ।

जसपा नेपालले यही जेठ २८ गते जनकपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनमा उम्मेदवार बन्नेहरूका लागि मापदण्ड तोकेको हो ।

पार्टी विधानको धारा २५ अनुसार न्यूनतम योग्यता निर्धारण गरिएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

मापदण्डअनुसार केन्द्रीय पदाधिकारीका लागि उम्मेदवार हुन केन्द्रीय समितिको सदस्य वा प्रदेशरराष्ट्रिय समितिको अध्यक्ष भई कम्तिमा पाँच वर्ष काम गरेको हुनुपर्ने छ ।

त्यसैगरी केन्द्रीय समितिको सदस्यको उम्मेदवार बन्न सङ्गठित पार्टी सदस्य भई कम्तिमा १० वर्ष पार्टी सदस्य भएर केन्द्रीय समिति वा केन्द्रीय निकाय वा प्रदेशरराष्ट्रिय समितिको सदस्य वा केन्द्रीय विभागको सदस्य वा जिल्ला समितिको पदाधिकारी वा जनवर्गीय सङ्गठनको केन्द्रीय पदाधिकारी भई एक कार्यकाल वा लगातार पाँच वर्षसम्म काम गरेको हुनुपर्ने छ ।

महिला, दलित, श्रमिक, मधेसी, आदिवासी जनजाति, थारु, मुस्लिम र अपाङ्गता भएका व्यक्तिको हकमा भने लगातार पाँच वर्ष वा एक कार्यकाल जिल्ला समिति वा प्रदेशरराष्ट्रिय समिति वा जनवर्गीय सङ्गठनका केन्द्रीय समितिका पदाधिकारी भई काम गरेको भए पुग्ने छ ।

प्रकाशित: २६ जेठ २०८१ १३:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 9 =