यशस्वी पुरस्कारका लागि पुस्तक आह्वान

हिमाल प्रेस २६ जेठ २०८१ १०:१७
2
SHARE
यशस्वी पुरस्कारका लागि पुस्तक आह्वान

काठमाडौँ- यशस्वी प्रज्ञा प्रतिष्ठानले यशस्वी पुस्तक पुरस्कारका लागि पुस्तक आह्वान गरेको छ।

प्रतिष्ठानद्वारा शुक्रबार सार्वजनिक प्रेस विज्ञप्ति मार्फत पुस्तक आह्वान गरेको हो।

२०८० साल चैत्र मसान्तभित्र नेपाल तथा नेपाल बाहिरबाट प्रकाशित नेपाली भाषा तथा नेपाली लेखकले लेखेका अंग्रेजी भाषाका पुस्तकहरू तीन प्रति २०८१ असार २१ गते शुक्रबारसम्म यशस्वी प्रज्ञा प्रतिष्ठानको कार्यालयमा पुर्याउन अनुरोध गरेको छ।

यसरी सहभागी पुस्तकहरुमध्ये आख्यान, गैरआख्यान, काव्य, इतिहास-संस्कृति-अनुसन्धान र अनुवाद विविध विधाका पाँच उत्कृष्ट पुस्तकहरूलाई पुरस्कृत गरिने छ।

२०८१ भाद्र २२ गते शनिबार हुने तेस्रो काठमाडौँ कलिङ–साहित्य महोत्सवमा पुरष्कृत पुस्तकले जनही २० हजारसहित सम्मानपत्र प्राप्त गर्नेछन्।

प्रकाशित: २६ जेठ २०८१ १०:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 8 =