‘निःशुल्क सिनेमा साक्षरता कार्यशाला’ गर्दै अस्कर

हिमाल प्रेस २६ जेठ २०८१ १०:१०
60
SHARES
‘निःशुल्क सिनेमा साक्षरता कार्यशाला’ गर्दै अस्कर

काठमाडौँ- दुई दशकदेखि सिनेमा अध्यापन गर्दै आएको अस्कर कलेजले ‘निःशुल्क सिनेमा साक्षरता कार्यशाला’ आयोजना गर्ने भएको छ। जेठ २६ र २७ गते अस्करकै कलेजकै प्रांगणमा दुई दिनसम्म ११ बजेदेखि ४ बजेसम्मको कार्यशाला आयोजना गर्न लागेको हो।

अस्कर कलेजले गत चैत १४ देखि २५ सम्म पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्मका दश सहर समेटेर नेपालका मुख्य सहरहरुमा सिनेमा साक्षरता अभियान सञ्चालन गरेको थियो। सो अभियानकै समापनका रुपमा यो दुई दिने कार्यशाला गर्न लागिएको अभियानका इभेन्ट म्यानेजर नविन न्यौपानेले बताए।

नयाँ पुस्तालाई सिनेमासम्बन्धी आधारभूत जानकारी दिने र उनीहरुमा सिनेमाप्रति रुचि जगाउने उद्देश्यले यो कार्यशाला सञ्चालन गरिएको समेत उनले जोड दिए।

कार्यशालामा नेपाली सिनेमा र विश्वसिनेमाको इतिहासका सैद्धान्तिक पक्षदेखि पटकथा लेखन, छायांकन, अभिनय, चरित्र निर्माणलगायत प्राविधिक विषयसम्बन्धित गतिविधि र जानकारी समेटिने जानकारी अस्कर कलेजका प्राध्यापक रामराजा दहालले बताए।

उनले भने, ‘नेपालमा सिनेमा साक्षरता बढाउन गरिएको हाम्रो पहिलो अभियानलाई विभिन्न सहरका विद्यार्थीसँगै शिक्षक, अभिभावक र सर्वसाधारणले सराहना गर्नु भएको थियो। यस्तो कार्यक्रमको काठमाडौंमा झन् धेरै माग भएकोले हामीले कलेजमै यो कार्यशाला राखेका हौं।’

प्रकाशित: २६ जेठ २०८१ १०:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − five =