यस्तो छ ‘सतीदेवी’को टिजर, मलिका महत मुख्य भूमिकामा

हिमाल प्रेस २६ जेठ २०८१ ९:२९
18
SHARES
यस्तो छ ‘सतीदेवी’को टिजर, मलिका महत मुख्य भूमिकामा

काठमाडौँ- फिल्म ‘सतीदेवी’को टिजर सार्वजनिक भएको छ।

टिजरमा छोरा नपाएको भन्दै पत्नीलाई कुटपिट र दबाब दिने पति, छोरीहरूले भोगेको पीडा र गाउँबाट कालोमोसो र जुत्ताको मालासहित निकालिएकि सतीदेवीको मर्मलाई देखाइएको छ।

फिल्ममा अभिनेत्री मलिका महत मुख्य भूमिकामा छ्न्। सामाजिक कथामा आधारित फिल्ममा छोरीको महत्वलाई बुझाउन खोजिएको छ।

फिल्ममा अन्य कलाकार हर्षिका वाली, मन्जिला बानियाँ, सन्दीपबाबु लोहनी, रमेश वुढाथोकी, कुल बहादुर अधिकारी, भोला सापकोटा, सिर्जना अधिकारी, सुजिता शिवाकोटी लगायतका कलाकारको अभिनय छ।

आगामी साउन चार गते प्रदर्शन हुने फिल्मका लेखक तथा निर्देशक लक्ष्मण सुवेदी हुन।फिल्ममा श्रीदेवी सुवेदी र विशाल सुवेदीले लगानी गरेका छ्न।

बाबु श्रेष्ठको छायांकन र तारा थापा ‘किम्भे’को सम्पादनमा बनेको फिल्ममा दीपक शर्मा र सुभाष भुसालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ।

 

प्रकाशित: २६ जेठ २०८१ ९:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =