एमाले नुवाकोटको अध्यक्षमा मैनाली निर्वाचित

हिमाल प्रेस २६ जेठ २०८१ ९:१२
एमाले नुवाकोटको अध्यक्षमा मैनाली निर्वाचित

काठमाडौँ- नेकपा एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्वाचित भएका छन् ।

पार्टीको आठौँ जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि मैनाली अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित मैनालीले तीन सय ४५ मत प्राप्त गर्दा उनका प्रत्यासीद्वय बुद्धिबहादुर प्रधानले दुई सय ३७ र माधवप्रसाद तिवारीले दश मत प्राप्त गरे ।

प्रमुख निर्वाचन अधिकृत रामकृष्ण खड्काका अनुसार उपाध्यक्षमा राजेन्द्ररमण खनाल, सचिवमा शिव चित्रकार, उपसचिवद्वय राजेन्द्रप्रकाश पाण्डे र रुपा सापकोटा निर्वाचित भएका छन् ।

अधिवेशनमा कूल छ सय १७ जना प्रतिनिधि सहभागी थिए । तर, मतदानमा भने पाँच सय ९२ मत खसेको थियो ।

प्रकाशित: २६ जेठ २०८१ ९:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 9 =