
काठमाडौँ- संयुक्त राष्ट्रसंघीय परिषद्मा मानव अधिकार उच्च आयोग मातहतमा रहने महिलाविरुद्ध हुने विभेद उन्मूलनको समिति (सिड) को सदस्यमा अधिकारकर्मी वन्दना राणा फेरि निर्वाचित भएकी छिन्। राणा नयाँ कार्यकाल (२०२५-२०२८) का लागि निर्वाचित भएकी थिइन्। शुक्रबार अमेरिकाको न्युयोर्कमा भएको मतदानमा राणाले एक सय ४६ मत पाएकी थिइन्।
राणा नेपालका तर्फबाट विजयी भएपछि राष्ट्रसंघका स्थायी नियोग प्रमुख लोकबहादुर थापाले सदस्य राष्ट्रहरुले गरेको सहयोगका लागि धन्यवाद दिएका छन्। २३ सदस्य रहने उक्त समितिले विश्वव्यापी रूपमा महिलाले भोग्नुपरेका समस्या, राष्ट्रसंघमा जनाइएका प्रतिबद्धता कार्यान्वयनलगायत महिलाविरुद्ध हुने हरेक प्रकारका विभेदका बारेमा अनुगमन गर्छ। उक्त समितिको कार्यालय जेनेभामा छ।
राणा सन् २०२० देखि सिडको कार्यसमितिमा रहँदै आएकी छन्। २०२० मा भएको निर्वाचनमा उनले १३७ मत पाएकी थिइन्।