न्युजिल्यान्डलाई अफगानिस्तानको १६० रनको लक्ष्य

हिमाल प्रेस २६ जेठ २०८१ ७:२७
12
SHARES
न्युजिल्यान्डलाई अफगानिस्तानको १६० रनको लक्ष्य

काठमाडौँ- आइसीसी टी-२० विश्वकपमा अफगानिस्तानले न्युजिल्यान्डलाई १६० रनको लक्ष्य दिएको छ। शनिबार बिहान भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेट गुमाएर १५९ रन बनाएको हो।

अफगानिस्तानका लागि दुई ओपनरले उत्कृष्ट प्रदर्शन गरे। ओपनर रहमानउल्लाह गुर्बाजले ८० र इब्राहिम जद्रानले ४४ रन बनाए। गुर्बाजले ५६ बलमा ५ चौका र ५ छक्का प्रहार गरे भने इब्राहिम जद्रानले ४१ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

अज्मतउल्लाह ओमरजइले १३ बलमा १ चौका र १ छक्का प्रहार गरी २२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

प्रकाशित: २६ जेठ २०८१ ७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 4 =