मेयर्स फोरमले गर्‍यो प्रधानमन्त्री दाहालसँग छलफल

हिमाल प्रेस २५ जेठ २०८१ २०:५४
14
SHARES
मेयर्स फोरमले गर्‍यो प्रधानमन्त्री दाहालसँग छलफल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीले छलफल गरेका छन्।

प्रधानमन्त्रीले आयोजना गरेको छलफल काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा संद्दीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा केन्द्रित थियो।

उक्त छलफलमा प्रधानमन्त्री दाहालले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय संद्दीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिस बमोजिम लगानी बोर्डले त्यससम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी गराए।।

उनले भने, ‘तपाईंहरूको फोरमले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी कामको समन्वय संघीय सरकारले गरोस् भन्ने सिफारिस गरेको छ। सोहीअनुसार सरकारले लगानी बोर्डलाई यससम्बन्धी प्रक्रिया अगाडि बढाउन निर्देशित गरेको छ। लगानी बोर्डको बैठकमा यससम्बन्धी छलफल भई कार्यान्वयनमा अगाडि बढ्ने निर्णय भएको छ। अब यो काम तीव्रतामा अगाडि बढ्छ।’

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोललगायत काठमाडौँ उपत्यकाभित्रका नगरपालिकाका मेयर, उपमेयरको प्रतिनिधित्व रहेको बैठकले समन्वयका साथ फोहोर व्यवस्थापन गर्नेसम्बन्धी छलफल गरेको हो।

सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौँ उपत्यकाका स्थानीय तहका काम कारबाही र समस्याका बारेमा जानकारी गराउँदै समस्या समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: २५ जेठ २०८१ २०:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast