मुख्यमन्त्री सिंहका बाबु सांसद शेखरकुमारको प्रतिक्रिया, बाबुछोरालाई नै लेख्या रहेछ त म के गरुँ?

हिमाल प्रेस २५ जेठ २०८१ १३:०९
154
SHARES
मुख्यमन्त्री सिंहका बाबु सांसद शेखरकुमारको प्रतिक्रिया, बाबुछोरालाई नै लेख्या रहेछ त म के गरुँ? राष्ट्रियसभा सांसद सतिशकुमार सिंह। फाइल तस्बिर

जनकपुरधाम– मधेश प्रदशको मुख्यमन्त्रीमा नियुक्त भएका सतीशकुमार सिंहका बाबु सांसद शेखरकुमार सिंहले छोरा मुख्यमन्त्रीमा नियुक्त हुनुलाई आफूले स्वाभाविक रूपमा लिएको बताएका छन्। सतिशकुमार मुख्यमन्त्रीमा नियुक्त भएपछि सांसद सिंहले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘सांसद भएपछि मुख्यमन्त्री हुुनु स्वाभाविकै हो।’

शेखरकुमार सिंह राष्ट्रियसभा सदस्य छन्। बाबुछोराको दल भने भिन्न छ। २०७६ सालमा राष्ट्रियसभा सदस्यमा निर्वाचित सिंह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा आबद्ध छन्।

लोसपा संघ र प्रदेश दुवै सरकारमा प्रतिपक्षमा भूमिकामा छ। राष्ट्रियसभा सांसद शेखरकुमारले आफूहरूको परिवारिक पृष्ठभूमि राजनीति रहेको बताए। उनले मुख्यमन्त्रीमा नियुक्त भएका सतिशकुमार परिवारका आठौँ सांसद भएको बताए। उनले भने, ‘सतिश परिवारको आठौँ सांसद हो। बाबुछोरालाई नै लेख्या रहेछ त म के गरुँ? मेरो अपराध हैन क्यारे!’

गाउँपालिका अध्यक्ष हार्दा सतिश सिंहलाई खुलेको मुख्यमन्त्रीको ढोका

मधेशको मुख्यमन्त्रीमा सतिशकुमार सिंह नियुक्त

प्रकाशित: २५ जेठ २०८१ १३:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 6 =