नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने फिल्मको नामावली सार्वजनिक

हिमाल प्रेस २५ जेठ २०८१ १२:२२
30
SHARES
नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने फिल्मको नामावली सार्वजनिक

काठमाडाैँ- नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने फिल्मको नामावली सार्वजनिक गरिएको छ।

अमेरिकाको मेरिल्याण्ड राज्यमा ६ असारदेखि ९ देखि १२ (जुन २० देखि २३) सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट र एनिमेसन गरी ३५ फिल्म प्रदर्शन गरिनेछ।

महोत्सवको सुरुआतमा नवीन सुब्बाद्वारा निर्देशित ‘गाउँ आएको बाटो’ र समापनमा फिडेल देवकोटाको ‘द रेड सुटेकस’ देखाइनेछ। महोत्सवको उद्घाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थिएटरमा हुनेछ। फिल्म भने एएफआई सिल्भर थिएटर र ग्रीनबेल्ट थिएटरमा देखाइनेछ।

त्यस्तै नेपाली फिल्म्मा राजन कठेत र सुनिर पाण्डे निर्देशित डकु-ड्रामा ‘ढोरपाटन’ र केसाङ छेतेन निर्देशित वृत्तचित्र ‘डाइभर्सिटी प्लाजा’ पनि प्रदर्शन हुनेछ।

प्रदर्शन गरिएका फिल्म मध्येबाट उत्कृष्ट फिल्मलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ। महोत्सव अवधिभर चलचित्र र संस्कृति, महिला ‘प्यानल’मा छलफल, चलचित्र निर्माणबारे मास्टर क्लास पनि सञ्चालन हुने जनाइएको छ।

प्रदर्शन गरिने फिल्मको नामावली

१) ग्लोबल पिस फिल्म फेस्टिभल
इन सर्च अफ रिजोलुसन (डकुमेन्ट्री, नेपाल)
द स्ट्रेट गाइज (डकुमेन्ट्री, जर्मनी)

२) स्पटलाइट
वखरी (फिचर ड्रामा, पाकिस्तान–अमेरिका)

३) फिचर
अलि भर्सेस अलि (डकुमेन्ट्री, इरान)
डाइभर्सिटी प्लाजा (डकुमेन्ट्री, नेपाल–अमेरिका)
मम (डकुमेन्ट्री, मेक्सिको)
नोर्चाः द अर्थक्वेक (डकुमेन्ट्री, इटाली)
ढोरपाटन– नोट विन्टर होलिडेज (डकुमेन्ट्री, नेपाल)
प्रवीण (कथानक, इरान)

४) डीएमभी, क्लोजअप
लेट हर सिंग (अमेरिका)
मेरा दादु (कथानक, अमेरिका–भारत)
टेन डेज इन सेप्टेम्बर १९५६ (डकुमेन्ट्री, अमेरिका)

५) सर्ट
असुराः द डेमोन विदिन (हरर, सस्पेन्स–अमेरिका)
बनकरिया (डकुमेन्ट्री, अमेरिका)
बिअरर अफ ग्लास बिड्स (डकुमेन्ट्री, नेपाल)
ब्रेक (ड्रामा, नेपाल)
छाउपडी (डकुमेन्ट्री, नेपाल)
डान्सिङ इन फायर (डकुमेन्ट्री, नेपाल)
धेय ड्रीम्स (डकुमेन्ट्री, नेपाल)
म्याचुअर (ड्रामा, जर्मनी)
नो मोनास्ट्री नो भिलेज (डकुमेन्ट्री, जर्मनी)
न्यांगा (डकुमेन्ट्री, मेक्सिको)
पाल एलन द वल्र्ड (ड्रामा, बेलारुस)
रेमिङ्टन (डकुमेन्ट्री, मेक्सिको)
रेमन्यान्ट्स (नेपाल, स्पेन)
रोशी (नेपाल)
सनई (नेपाल)
स्कुल बेन्चेज (इरान)
स्ट्रिट फोटोग्राफर (भेनेजुएला)
सुवास (द एक्रोपाइलट)
अनकम्पिलटेड (नेपाल, अमेरिका)
हु (द कल्प्रिट)
वाइन्डहर्स (नेपाल)

प्रकाशित: २५ जेठ २०८१ १२:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 10 =