तनहुँमा स्कुटरकाे ठक्करबाट एक जनाको मृत्यु

हिमाल प्रेस २५ जेठ २०८१ ९:२६
16
SHARES
तनहुँमा स्कुटरकाे ठक्करबाट एक जनाको मृत्यु

तनहुँ- पृथ्वी राजमार्गअन्तर्गत तनहुँकाे व्यास नगरपालिका-१ तालघारेमा स्कुटरले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ।

घाँसीकुवाबाट दमौलीतर्फ आउँदै गरेको हालसम्म नम्बर नखुलेको स्कुटरले पैदलयात्री अन्दाजी वर्ष ५०/५५ की महिलालाई ठक्कर दिई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार मृतक पहिचान खुलेको छैन। घाइते भएकी महिलाको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ जेठ २०८१ ९:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 11 =