आज कुन देशकाे मुद्राको मूल्य कति?

हिमाल प्रेस २५ जेठ २०८१ ६:५१
18
SHARES
आज कुन देशकाे मुद्राको मूल्य कति?

काठमाडौँ- आजका लागि नेपाल राष्ट्र बैंकले विभिन्न देशको मुद्राको खरिद तथा बिक्री मूल्य तोकेको छ। हिजो सामान्य अंकले घटेको अमेरिकी डलर, युरो, बेलायती पाउण्ड र कतारी रियालको मूल्य आज बढेको छ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा पुगेको छ। त्यसैगरी युरो एकको खरिद दर १४४ रुपैयाँ ८३ पैसा र बिक्री दर १४५ रुपैयाँ ४८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ २१ पैसा र बिक्री दर १७० रुपैयाँ ९८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले दक्षिण काेरियन वन १०० काे खरिद दर ९ रुपैयाँमा ९४ पैसा र बिक्री दर ९ रुपैयाँ  ७९ पैसा रहेकाे बताएकाे छ।

 

प्रकाशित: २५ जेठ २०८१ ६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − four =