कोशी र बागमतीमा वर्षा, बाँकी प्रदेशमा कस्तो रहला मौसम?

हिमाल प्रेस २५ जेठ २०८१ ६:३४
12
SHARES
कोशी र बागमतीमा वर्षा, बाँकी प्रदेशमा कस्तो रहला मौसम?

काठमाडौँ- आज देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएकाे छ।

महाशाखाले आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ।कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भू-भागका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

सुदूरपश्चिम, कर्णाली र लुम्बीनी र कोशी प्रदेशका एक/दुई स्थानमा हुरीको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

त्यस्तै कोशी ,बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बांकी प्रदेशका एक/दुई स्थामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। नेपालमा अहिले स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: २५ जेठ २०८१ ६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =