कर्कटकाे रमाइलो यात्राको अवसर मिल्ने, धनुकाे एउटै कामबाट दोहोरो लाभ मिल्ने, हेर्नुस् आजकाे राशिफल

हिमाल प्रेस २५ जेठ २०८१ ५:४१
258
SHARES
कर्कटकाे रमाइलो यात्राको अवसर मिल्ने, धनुकाे एउटै कामबाट दोहोरो लाभ मिल्ने, हेर्नुस् आजकाे राशिफल

आज मिति २०८१, जेठ २५ गते शुक्रबार। जेठ शुक्ल प्रतिपदा। पञ्चाङ्ग: शूल किंस्तुघ्न मृगशिरा। तदनुसार २०२४ जुन ७। आज यस्तो छ तपाईँको राशिफल।

मेष : आम्दानी सामान्य मात्र हुनेछ। खर्च भए पनि काममा विभिन्न अवसरले पछ्याउने छन्। मेहनत गर्दा अवसर भने पाइनेछ।

वृष : नयाँ व्यवसाय सुरु गर्ने योग रहेको छ। सामाजिक काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रयास गर्दा भाग्यले साथ दिनेछ।

मिथुन : श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ। स्थितिमा सुधार आउनुका साथै आस मारेको काम बन्नाले मन खुसी रहनेछ।

कर्कट : रमाइलो यात्राको अवसर मिल्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। आस मारेको काम बन्नाले उत्साहत जाग्नेछ।

सिंह : मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो कसिने सम्भावना छ। कामको राम्रै मूल्यांकन हुनाले तपाईंको प्रतिभाको धेरैले तारिफ गर्नेछन्।

कन्या : मेहनतले विभिन्न अवसर जुटाउन सकिनेछ। परिवारजनबाट काममा सहयोग जुट्नेछ। साथीभाइले पनि काममा सहयोग जुटाउन सक्छन्।

तुला : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पैतृक सम्पत्तिको उपयोग गर्दा फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ।

वृश्चिक : विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। ठूला व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ। दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ।

धनु : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। परोपकारी काममा रुचि बढ्नेछ। सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। मन खुसी हुनेछ।

मकर : बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ।

कुम्भ : मेहनत गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ। शिक्षा र बौद्धिक क्षेत्रमा उन्नति हुनेछ।

मीन : बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ।

प्रकाशित: २५ जेठ २०८१ ५:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + fifteen =