केन्द्रले फेरि पठायो ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई ताकेता

हिमाल प्रेस २४ जेठ २०८१ १७:२२
972
SHARES
केन्द्रले फेरि पठायो ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई ताकेता

काठमाडौँ- शिक्षा तथा मानव स्रोत केन्द्रले शिक्षक-कर्मचारीलाई राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहे नरहेको सम्बन्धी प्रगति विवरण पठाउन ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई फेरि निर्देशन दिएको छ। सात दिनको समयसीमा दिएर केन्द्रले  विवरण पठाउन निर्देशन दिएको हो।

केन्द्रले यसअघि वैशाख २८ र जेठ २ गते यस्तै पत्र लेखेको थियो। बुधबार गरिएको परिपत्रमा अघिल्ला पत्रको  प्रगति विवरण उपलब्ध गराउन भनिएको छ।

केन्द्रका अनुसार केही एकाइबाट अपूर्ण विवरण प्राप्त भएको र बाँकी एकाइबाट कुनै पनि विवरण उपलब्ध भएको छैन। सोही कारण  राजनीतिक दलको सदस्यता लिएका, राजनीतिक दलको कार्यकारिणी समितिमा रहेका तथा महाधिवेशन प्रतिनिधि भएका शिक्षक-कर्मचारीलाई प्रचलित कानुनबमोजिम केकस्तो कारबाही प्रक्रिया अघि बढाइएको छ त्यसको विवरण उपलब्ध गराउन निर्देशन दिइएको छ।

केन्द्रको पत्रमा उल्लेख छ, ‘विद्यालय व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय एकाइको स्वीकृति नलिई आफू बहाल रहेको विद्यालयबाहिर काम गर्ने तथा काजमा बस्ने के कति शिक्षक छन् र ती मध्ये कति शिक्षक पदाधिकार रहेको विद्यालयमा फिर्ता भएका छन् सो सम्बन्धमा पूर्ण प्रगति विवरण सात दिनभित्र पठाउन अनुरोध छ।’

यस्ताे छ पत्र

प्रकाशित: २४ जेठ २०८१ १७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 19 =