सहरमा आज

जेठको अन्तिम शनिबार, कहाँ केके हुँदैछ?

हिमाल प्रेस २६ जेठ २०८१ ६:३४
36
SHARES
जेठको अन्तिम शनिबार, कहाँ केके हुँदैछ?

काठमाडौँ‍- जेठकाे अन्तिमको शनिबार। हामीले उपत्यकाका हलमा चलिरहेको फिल्म मञ्चनरत नाटक, विभिन्न चित्रकला, मूर्तिकला प्रर्दशनीलगायत महोत्सवबारे केही मनोरञ्जनात्मक र महत्वपूर्ण गतिविधि संकलन गरेका छौँ।

नाटकघरमा अग्निचक्षु, लिपी, म्यारिज प्रपोजल र दोष या निर्दोष (गिल्टी अर नट गिल्टी) गरी चार नाटक चलिरहेको छ। चित्रकला मन पराउनेका लागि नेपाल आर्ट काउन्सिलमा नेपालका देवताहरु र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय ललितकला प्रदर्शनी चलिरहेको छ।त्यस्तै जेठ २५ देखि हलमा तीन विदेशीसहित दुई नेपाली फिल्म प्रदर्शन भइरहेको छ।

हेरौं कहाँ केके हुँदैछ?

राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१

नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ चलिरहेको छ। जेठ १५ देखि सुरु भएको प्रदर्शनीमा प्रादेशिक ललितकला प्रदर्शनी–२०८० बाट छनोट भएका चार सय ८२ कलाकारका पाँच सय २२ कलाकृति राखिएको छ। जेठ ३० सम्म चल्नेछ।

 

आर्ट काउन्सिलमा ‘नेपालका देवताहरु (डायटिज अफ नेपाल)’

बबरमहलस्थित आर्ट ग्यालरीमा जेठ ८ देखि ‘नेपालका देवताहरु (डायटिज अफ नेपाल)’ नामक चित्रकला प्रदर्शनी चलिरहेको छ। जेठ २८ सम्म चल्ने प्रदर्शनीमा एक सय ६३ कलाकारका करिब दुई सय ३५ कलाकृति राखिएको छ। प्रदर्शनीमा हिन्दू र बौद्ध धर्मसँग सम्बन्धित देवताको परम्परागत मूर्तिकला, चित्रकला, लोककलासँग सम्बन्धित कलाकृतिहरु छन्। जसले नेपालका जीवित, अमूर्त संस्कृतिलाई विभिन्न देवीदेवता र उनीहरुबीचको आस्थासँग जोड्दछ। आर्ट काउन्सिल र नेपाल हस्तकला महासंघले आयोजना गरेको प्रदर्शनी बिहान १०ः३० देखि बेलुका ५ः३० सम्म खुल्ला रहनेछ।

नेसनल युथ फेस्टिभल–२०२४
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा शनिबार नेसनल युथ फेस्टिभल–२०२४ सुरु हुँदैछ। फेस्टिभलमा विभिन्न वक्ताहरूको प्रवचनका साथै गायक स्वप्न सुमन र सुशान्त घिमिरेको ब्यान्ड सहितको विशेष सांगीतिक प्रस्तुति समेत रहनेछ।

फेस्टिभलमा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुइत, बौद्ध भिक्षुणी तथा विश्व चर्चित गायिका आनी छोइङ डोल्मा, वरिष्ठ पाइलट विजय लामा, पूर्व बैंकर तथा प्रेरक वक्ता अनिलकेशरी शाह, उद्यमी तथा गोल्डस्टार नेपालकी कार्यकारी निर्देशक विदुषी राणा, मानव सेवा आश्रमका परिकल्पनाकार तथा समाजसेवी रामजी अधिकारी र वरिष्ठ पत्रकार टीकाराम यात्रीलगायतले जीवनको अनुभव र भोगाइलाई प्रस्तुत गर्नेछन्।

मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी), वाईईडी टक्स, परिवर्तनका लागि युवा (युथ फर चेन्ज) र इन डेप्थ स्टोरी (आईडीएस) को संयुक्त आयोजना गरेको हो।

नाटकघरमा चार नाटक

शिल्पीमा ‘अग्निचक्षु’

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा जेठ १६ देखि नाटक ‘अग्निचक्षु’ मञ्चन भइरहेको छ। रंगकर्मी चन्द्रप्रसाद पाण्डेको लेखन र झकेन विसीको परिकल्पना तथा निर्देशनमा बनेको नाटक जीवित देवी कुमारीको विषयमा आधारित छ।

साइलेन्ट एक्टको प्रस्तुति रहेको नाटकमा कलाकार मञ्जु श्रेष्ठ, संगीता उराँव, हेना नगरकोटी, कृष्णभक्त महर्जन, सविन कट्टेल, श्रीशेष श्रेष्ठ, धिरज थापामगर, शान्ता प्रजापति, राजेन्द्र डंगोल, चक्र प्रसाद पोखरेलको अभिनय छ। अनुप तिमिल्सिनाको संगीत परिकल्पना तथा संयोजन रहेको नाटकमा अनुपसँगै प्रत्यक्ष संगीतमा शर्मिला गुरुङ, इन्द्रमान महर्जन, प्रतीक प्रजापति रहेका छन् भने कोरियोग्राफी जे.डी. तमूको छ। नाटक मंगलबारबाहेक साताको प्रत्येक दिन साझँ साढे पाँच बजे मञ्चन भइरहेको छ। शनिबार भने १ बजेको अतिरिक्त सो पनि हुँदैछ।

 

कुञ्ज थिएटरमा ‘म्यारीज प्रपोजल’
थापागाउँथित कुञ्ज थिएटरमा जेठ १० देखि नाटक ‘म्यारिज प्रपोजल’ चलिरहेको छ। आन्तोन चेखभको लेखन र चे शंकरले छायानुवाद गरेको नाटकका निर्देशक संगीत सापकोटा र आशीष घिमिरे हुन्।

नाटकमा ४ जना पात्र छन्। विजया कार्की, डोरेस खतिवडा, चन्द्र नेपाली र सुन्दर धिताल। जेठ २७ गतेसम्म मञ्चन हुने नाटक शनिबार भने दिउँसो १ बजेको अतिरिक्त सो पनि हुनेछ। नाटक कलासी प्रोडक्सनको प्रस्तुति एवं कर्मन कलासँगको सहकार्यमा बनेको हो।

कौसी थिएटरमा ‘दोष या निर्दोष (गिल्टी अर नट गिल्टी)’

टेकुस्थित कौसी थिएटरमा जेठ ३ देखि नाटक ‘दोष या निर्दोष’ (गिल्टी अर नट गिल्टी) मञ्चन भइरहेको छ। नाटक मञ्चनको आज अन्तिम दिन हो। शनिबार दिउँसो १ बजे र बेलुका साढे ५ को दुई सो छ। नाटक रसियन–अमेरिकन लेखक अयन र्यान्डको नाटक ‘अन द नाइट अफ जनवरी सिक्सटिन्थ’मा आधारित छ। नाटकको डिजाइन तथा निर्देशन तथा रंगकर्मी राजकमल फकिरले गरेका छन्।

रहस्य र थ्रीलर जनरामा बनेको नाटकमा विजय ताम्राकार, समापिका गौतम, रुपेश लामा, जेम्स ढकाल, अशोक गौतम, विजया पौडेल, आभास अधिकारी, नवीन चन्द्र अर्याल, अरुण पौडेल, सुष्मा निरौला, सदिन लुइँटेल, लगायत कलाकारको अभिनय छ।

हलमा कुनकुन फिल्म?

गाउँ आएको बाटो

नवीन सुब्बाको निर्देशनमा बनेको फिल्म ‘गाउँ आएको बाटो’ जेठ २५ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्ममा कलाकार दयाहाङ राई, पशुपति राई र प्रसन राई मुख्य भूमिकामा छन्। राई जातिको सामाजिक पृष्ठभूमिमा बनेको फिल्म गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई देखाउन खोजिएको छ। निर्देशक नवीन सुब्बा र महेश राईले फिल्मको पटकथा लेखेका छन्।

शनिबार उपत्यकाको क्यूएफएक्स अन्तर्गत दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल, लबिम मल र राइजिङ मलमा फिल्मको १६ सो छ।

आईएनआई सिनेमाअन्तर्गत एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत  कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, कीर्तिपुर सिनेमाज, इन्फिनी मुभिज, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमाज, सिके सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेमाज, सिटी सिनेमाज फिल्म ‘फर्की फर्की’ चलिरहेको छ।

लण्डन टु पेरिस

जेठ २५ देखि नै घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’ प्रदर्शन भइरहेको छ। ट्राभल लभस्टोरीको कथा प्रस्तुत गरिएको फिल्ममा साम्राज्ञी आरएल शाह, कवीर खड्का, निश्चल खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धीलगायत कलाकारको अभिनय छ। फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन्।

शनिबार उपत्यकाको क्यूएफएक्स अन्तर्गत दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल, लबिम मल र राइजिङ मलमा फिल्मको १० सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमाज, सिके सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेमाज, सिटी सिनेमाज फिल्म चलिरहेको छ।

जापानीज फिल्म ‘हाइकूः डम्पस्टर ब्याटल’

जापानी फिल्म ‘हाइकूः डम्पस्टर ब्याटल जेठ २५ देखि नेपालमा प्रदर्शन भइरहेको छ। कमेडी र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक सुसुमु मित्सुनाका हुन्। फिल्ममा अयुमु मुरासे, काइतो इशिकावा, युकी काजीलगायको अभिनय छ।
शनिबार उपत्यकाको क्यूएफएक्स अन्तर्गत छाया सेन्टर, लबिम मल, भाटभटेनी भक्तपुर, सिभिल मल र राइजिङ मलमा फिल्मको ११ सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, सिके सिनेमाज, बिग मुभिज, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, इन्फिनिटी मुभिजमा फिल्म चलिरहेको छ।

भारतीय फिल्म ‘मुन्ज्या’
भारतीय फिल्म ‘मुन्ज्या’ हरर र कमेडी जनरामा बनेको छ। फिल जेठ २५ देखि नै नेपालमा प्रदर्शन भइरहेको छ। आदित्य सरपोतदारको निर्देशनमा बनेको फिल्ममा शर्वरी वाघ, अभय वर्मा, मोना सिंह, सुहास जोशीलगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको क्यूएफएक्स अन्तर्गत दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल, लबिम मल, राइजिङ मलमा फिल्मको १२ सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, एफक्यूब सिनेमाज, बिएसआर मुभिजमा फिल्म चलिरहेको छ।

हलिउड फिल्म ‘ब्याड ब्यायजः राइड अर डाइ’
हलिउड फिल्म ‘ब्याड ब्यायजः राइड अर डाइ’ जेठ २५ देखि नेपाली हलहरुमा प्रदर्शन भइरहेको छ। एक्सन एडभेन्चर र कमेडी मिश्रित फिल्मका निर्देशक आदिल अल अरबी र बिलाल फल्लाह हुन्। फिल्ममा विल स्मिथ, मार्टिन लरेन्स, भेनेसा हजेन्स, अलेक्जेन्डर लुडविग मुख्य भूमिकामा छन्।

शनिबार उपत्यकाको क्यूएफएक्स अन्तर्गत दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर, सिभिल मल, राइजिङ मल, छाया सेन्टर र लबिम मलमा फिल्मको १२ सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र एनबी सेन्टर, बिएसआर सिनेमाज,  सिके सिनेमाज, इन्फिनी मुभिज, बिग मुभिज, एफक्यूब सिनेमाज, बिएसआर मुभिजलगायतका हलमा फिल्म चलिरहेको छ।

‘फर्की फर्की’

जेठ १० देखि हलमा प्रदर्शन भइरहेको फिल्म ‘फर्की फर्की’ दोस्रो सातामा चलिरहेको छ। लभस्टोरी जनरामा बनेको फिल्ममा कलाकार अनमोल केसी र जसिता गुरुङ मुख्य भूमिकामा छन्। रोहित अधिकारीले निर्माण गरेको बनेको फिल्मका लेखक तथा निर्देशक सुयोग गुरुङ हुन्।उपत्यकाको क्यूएफएक्स अन्तर्गत छाया सेन्टर र सिभिल मलमा फिल्मको तीन सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमाज, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, सिके सिनेमाजमा फिल्म ‘फर्की फर्की’ चलिरहेको अन्य हल हुन्।

पुजार सार्की

जेठ १० देखि नै प्रदर्शनरत फिल्म ‘पुजार सार्की जातीय विभेदको विषयमा आधारित छ। फिल्ममा आर्यन सिग्देल, पदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बू मुख्य भूमिकामा छन्। विकास सुवेदीको लेखन रहेको फिल्मका निर्माता सुवास भुसाल हुन्।

उपत्यकाको क्यूएफएक्स अन्तर्गत छाया सेन्टर र सिभिल मलमा फिल्मको चार सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमाज, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, सिके सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेमाजमा फिल्म ‘पुजार सार्की’ चलिरहेको छ।

सिस्टर एण्ड मिसेस माही

जेठ १८ देखि नेपाली हलहरुमा भारतीय फिल्म ‘सिस्टर एण्ड मिसेस माही’ प्रदर्शन भइरहेको छ। दम्पत्तिको कथामा आधारित फिल्मको मुख्य भूमिकामा कलाकार राजकुमार राव र जान्वी कपुर छन्। फिल्मका निर्देशक शरण शर्मा हुन्। फिल्म ड्रामा जनरामा बनेको छ।
उपत्यकाको क्यूएफएक्स अन्तर्गत सिभिल मल, बिग मुभिजमा फिल्मको सो छ।

प्रकाशित: २६ जेठ २०८१ ६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =