सुर्खेतमा शुक्रबारदेखि ‘श्रमाधान’ मेला

हिमाल प्रेस २४ जेठ २०८१ १५:२६
8
SHARES
सुर्खेतमा शुक्रबारदेखि ‘श्रमाधान’ मेला

सुर्खेत– कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार ‘श्रमाधान’ मेला सुरु हुने भएको छ। प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी हलमा श्रमाधान रोजगार मेला सुरु हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयका उपसचिव टीकाराम ढकालले सुर्खेतमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा रोजगारदाता र कामको खोजीमा रहेका श्रमिकबीच भेट गराउनेु मेलाको मुख्य उद्देश्य रहेको बताए। उनका अनुसार मेलाको सम्पूर्ण तयारी भएको छ।

उनले भने,‘मेलाले रोजगारीका अवसरहरु सिर्जना गर्नेछ। सीप विकास प्रवर्धन गर्नेछ। उद्यमशीलतालाई प्रोत्साहन गर्नेछ। आर्थिक वृद्धिलाई उत्प्रेरित गर्नेछ। युवा सशक्तीकरण गर्ने र सार्वजनिक तथा निजी साझेदारी अभिवृद्धि गर्नेछ।’

नेपाल चेम्बर अर्फ कमर्स कर्णाली प्रदेश अध्यक्ष चिन्तामणि न्यौपानेले नेपालमा दक्ष श्रमिकको अभाव रहेको बताए। रोजगारदाताले आवश्यकताअनुसारको श्रमिक नपाउने अवस्थालाई यस्तो खालको मेलाले सम्बोधन गर्ने उनले बताए।

‘वर्षौँदेखि हामी हरेक कुराका लागि अन्य मुलुकमा भर पर्नुपर्ने अवस्था छ। अबका दिनमा नेपालममै गरिखाने वातावरण सिर्जंना गर्न, आन्तरिक रोजगारी सिर्जना गर्न, यहाँको रोजगारीको अवस्था बुझ्न, कस्ता खालको सीपको आवश्यकता पर्छ भन्ने खालको विषयलाई सम्बोधन गर्न मेलाले सहयोग गर्नेमा म विश्वस्त छु,’ उनले भने।

मेलामा ४० वटा निजी क्षेत्रका स्टल रहनेछन्। जसमध्ये ३४ वटा स्टल बुक भइसकेको उनले बताए। आयोजकका अनुसार बेलुकासम्ममा अन्य स्टल पनि बुक हुने अपेक्षा छ। मेला बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। मेलाको रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गर्नेछन्। १७ गते कोशी प्रदेशको विराटनगरबाट सुरु भएको रोजगार मेला प्रत्येक प्रदेशमा २÷२ दिन सञ्चालन हुँदै आएको छ

प्रकाशित: २४ जेठ २०८१ १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 6 =