मोदीबेनीमा वर्षा र अमरको ‘क्यारेक्टर लुक्स’

हिमाल प्रेस २४ जेठ २०८१ १४:३८
62
SHARES
मोदीबेनीमा वर्षा र अमरको ‘क्यारेक्टर लुक्स’

काठमाडौँ-  फिल्म मोदीबेनी’ को निर्माण  टिमले अभिनेत्री वर्षा शिवाकोटी र डेब्यू अभिनेता अमर प्रताप श्रेष्ठ ‘क्यारेक्टर लुक्स’ सार्वजनिक गरेको छ।

सार्वजनिक दुई पोस्टरमा अभिनेता अमर प्रताप श्रेष्ठ रिसाहा भावमा उभिएका छन्। उनले हातमा बाँसको टुक्रासमेत बोकेका छन्। त्यस्तै अर्को पोस्टरमा अभिनेत्री वर्षा शिवाकोटीलाई  बदलाकाे भावमा देखाइएको छ। पोस्टर डिजाइन रोयल भीमसेनले गरेका हुन्।

शंकर कोइरालाको निर्देशनमा बनेको फिल्म पर्वतको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित छ। फिल्ममा वर्षा र अमरसहित रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिसलगायतको अभिनय छ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्मका निर्माता दिलीप के.सी. हुन्। फिल्मको कथा आनन्द बिक्रम क्षेत्रीले लेखेका छन्। उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्सन डिजाइन, सगुन तामाङको प्रमुख सहायक निर्देशन छ। फिल्म यही साउन १८ गते प्रदर्शन हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 11 =