विपिन जोशीको रिहाइको पहल गरिदिन इजरायली राजदूत गोडरसँग महिला मन्त्रीको आग्रह

हिमाल प्रेस २४ जेठ २०८१ १४:३१
16
SHARES
विपिन जोशीको रिहाइको पहल गरिदिन इजरायली राजदूत गोडरसँग महिला मन्त्रीको आग्रह

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच शिष्टाचार भेटघाट भएको छ। बिहीबार मन्त्रालयमा उनीहरूबीच शीष्टाचार भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा मन्त्री चौधरीले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राजदूत गोडरलाई आग्रह गरिन्। इजरायलले कृषि क्षेत्रमा गरेको विकासको प्रशंसा गर्दै उनले नेपालको कृषिको विकासमा योगदान दिन आग्रह गरिन्।

विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा सहयोगलगायतका विषयमा नेपाललाई गरेको सहायताका लागि इजरायल सरकारको प्रशंसा गर्दै मन्त्री चौधरीले नेपाल–इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढ्ने बताइन्।

त्यसक्रममा राजदूत गोडरले विपिन जोशी छिट्टै रिहा हुने विश्वास व्यक्त गरे। जोशीका परिवारलाई आइतबार भेट्न जाने कार्यक्रम रहेको गोडरको भनाइ थियो। समानता, सशक्तीकरण, निर्णायक तहमा महिलाहरूको पहुँचका विषयमा इजरायलले नेपालबाट सिक्नुपर्ने गोडरले बताएका थिए।

प्रकाशित: २४ जेठ २०८१ १४:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast