
काठमाडौँ- नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले सरकारसँग लगानीयोग्य पैसा भए कर्णालीको विकास गर्न आग्रह गरेकी छन्।
उनले आजको संसद बैठकको शून्य समयमा बोल्दै काठमाडौँ महानगरपालिको कामकारबाहीलाई अवरुद्ध नगर्न अनुरोध गरेकी हुन्। उनले महान र संघीय सरकारबीच विवाद चुलिएको बताउँदै स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार अनुसार काम गर्न दिन आग्रह गरिन्।
सेजुवालले न्यूरोडदेखि लिएर वसन्तपुर, ठमेलमा किन गाडी गुड्ने सडक नचाहिने बताइन्। उनले बालेनले फुटपाथका व्यापारीहरूलाई, श्रमजीवी व्यापारीहरूलाई व्यापार गर्न खोजेकाले सोही काममा अवरुद्ध गर्न नमिल्ने बताइन्।
उनले भौतिक मन्त्रालयसँग पैसा बढी छ भने कर्णालीमा मृत्यु मार्ग बनाउन अनुरोध गरिन्।
प्रकाशित: २४ जेठ २०८१ १२:१२
प्रतिक्रिया