काठमाडौँका ४७३ संस्थागत विद्यालयले १८ हजार ४२२ विद्यार्थीलाई छात्रवृत्ति दिने

हिमाल प्रेस २४ जेठ २०८१ ११:५६
2
SHARE
काठमाडौँका ४७३ संस्थागत विद्यालयले १८ हजार ४२२ विद्यार्थीलाई छात्रवृत्ति दिने काठमाडौँ महानगर

काठमाडौँ- यस वर्ष छात्रवृत्ति दिने काठमाडौँ महानगरपालिकाका संस्थागत विद्यालय र विद्यार्थीको नाम र संख्या सार्वजनिक भएका छन्।

महानगरका अनुसार ४७३ संस्थागत विद्यालयले कक्षा १० सम्म अध्ययनरत १८ हजार ४२२ जनालाई छात्रवृत्ति उपलब्ध गराएको विवरण महानगरपालिकामा बुझाएका छन्। त्यही सूची महानगरपालिकाले गोरखापत्रमा सूचना प्रकाशित गरी सार्वजनिक गरेको हो।

मेयर बालेन्द्र शाहले १ लाख ४९ हजार ९५६ विद्यार्थी भर्ना भएका मध्ये १८ हजार ४२२ जनाले छात्रवृत्ति दिने छात्रवृत्ति पाउने जानकारी दिएका छन्।

विद्यालयहरूले कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूका लागि कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने नियम छ। तर कतिपयले त्यो नियम पालना नगरेको पाइएपछि महानगरपालिकाले नियम पालना गर्न ताकेता गर्दै आएको छ।

अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५, शिक्षा नियमावली २०५०, काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ मा सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति वितरण गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित: २४ जेठ २०८१ ११:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eleven =