काठमाडौँ- नेपाली बजारमा सुनको मूल्यले रेकर्ड बनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ८ सय रूपैयाँले बढेर १ लाख ४४ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
यो अहिलेसम्मकै उच्च मूल्य हो ।
बिहीबार तेजाबी सुनको मूल्य तोलाको १ लाख ४३ हजार ३ सय रूपैयाँ कायम भएको छ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित: २४ जेठ २०८१ ११:३९
प्रतिक्रिया